Thursday, May 8, 2014

पारस भन्छन्- हामीले सक्दो प्रयास गर्‍यौं तर, सकेनौं

२४ बैशाख, क्वालालाम्पुर । मलेसियामा बुधबार सम्पन्न एसीसी पि्रमियर लिगमा नेपाल उपाधि बिजेता त बन्न सकेन नै, दोस्रो स्थान पनि सुरक्षित गर्न सकेन । कहिल्यै नहारेको ओमानसँग हार्नु र हङकङसँग राम्रो रन बनाउन नसक्नु एकातिर समस्या थियो भने अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी अफगानिस्तानसँग निकै ठूलो अन्तरले हार्नुपर्‍यो ।
टी-२० बिश्वकपमा अफगानिस्तानलाई हराएको हुनाले पनि नेपालले उसलाई निकै दबाबमा राख्ने अपेक्षा गरिएको थियो । तर, त्यसो हुन सकेन । एसीसीको समग्र प्रर्दशनलाई कप्तान पारस खड्काले चाहिँ कसरी विश्लेषण गरिरहेका छन् ? खेल सकिएपछि मैदानमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको कुराकानीको संक्षेप-

4
नेपालले नजित्नुको कारण के हो ? आज ब्याटिङ चलेन, पानीले अवरोध गर्यो र लक्ष्य पनि धेरै भयो कि ?
टार्गेट त ठिकै थियो । पानीले अलिकति डिस्टर्व गर्‍यो । ब्याटिङको सुरुवात पनि राम्रो हुन सकेन । अन्तिममा रन रेटको कुरा पनि आयो । हङकङ र आजको खेलमा पानीले गर्दा रन रेट राम्रो हुन सकेन । ओभर घट्नासाथ रन रेट घट्यो र दुर्भाग्यवस अंक समान भए पनि हामी तेस्रो भयौं । आज पूरै खेल खेल्न पाएको भए रन रेट राम्रो हुन्थ्यो कि । तर, व्याटिङ हुन सकेन ।
समग्रमा यो प्रतियोगिता कस्तो रहृयो ?
च्याम्पियन हुने लक्ष्य त पूरा भएन तर, हामी एसीसी दुई दिवसीय च्याम्पियनसिपका लागि छनोट भएका छौं । सोमपालले राम्रो गरे । आरिफले पनि राम्रो गरे । सबैले ठिकठिकै गरेका छन् । ओमानविरुद्ध र आजको खेलबाहेक । ओमानसँगको खेलमा पनि एक-दुईवटा निर्णय हाम्रो पक्षमा गएन । तर, हामीले जुनखालको क्रिकेट खेलेका छौं, राम्रो खेलेका छौं । आज भने राम्रो हुन सकेन । जे होस्, यो प्रतियोगिताबाट लिनुपर्ने राम्रा कुराहरु धेरै छन् ।
यो प्रतियोगिता नेपालको तयारी पनि नपुगेको हो कि ?
त्यस्तो होइन । तयारी भनेको जहिले पनि हुन्छ । हामीले जति अभ्यास गर्‍यौंं, राम्रै क्रिकेट खेल्यौं । दुर्भाग्यवस प्रतियोगिता जित्न सकेनौं । तर, यो प्रतियोगिताको फम्र्याट नै यस्तै हो कि हरेक खेल उत्तिकै महत्वपूर्ण थियो । हरेक रन र विकेट त्यतिकै महत्वपूर्ण थियो । हामीले सक्दो प्रयास गरेको हो । तर, सधैं रिजल्ट हाम्रो पक्षमा हुँदैन ।
अब, नेपाल छनोट भएको एसीसी च्याम्पियनसिप बाहेक अरु प्रतियोगिता के-के छन् ?
अब हामीलाई एक्सपोजर जरुरी छ । बाहिरका टिमलाई बोलाएर हुन्छ कि खेलाडीहरुलाई बाहिर पठाएर हुन्छ, निरन्तररुपमा खेलाडीहरुलाई एम्सपोजरको जरुरी छ । राम्रो सुविधाहरुमा राम्रो टिमहरुसँग खेलेर जति धेरै अभ्यास गर्छौं, त्यति नै सुधार हुन्छ । हाम्रो अब अफ सिजन छ । त्यसले कमजोरीहरु हटाउन केन्दि्रत हुनुपर्छ ।
व्यक्तिगतरुपमा तपाईको कुनै अन्तराष्ट्रिय क्लबहहरुसँग कुरा भइरहेको छ ? ट्वान्टी-२० विश्वकप खेल्ने क्रममा आईपीएलको पनि चर्चा भएको थियो ?
अहिले त्यस्तो केही छैन । बाँकी हेर्दै जाउँ, के हुन्छ ।

No comments:

Post a Comment

What's Hot